प्रहरी वृत्त थानकोटमा आगजनी गरेको आरोपमा चित्लाङका पुरुष पक्राउ

Thankot Times

थानकोट ।

भदो २४ गते जेन-जी आन्दोलनका क्रममा थानकोटस्थित प्रहरी वृत्त आगजनी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति मकवानपुर थाहा नगरपालिका–९ चित्लाङका ४४ वर्षीय पुरुष रहेका छन् ।

आरोपित ती पुरुष चन्द्रागिरि नगरपालिका–२ बाँडभन्ज्याङमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनलाई घटनास्थलका फोटो र भिडियो फुटेजको आधारमा पहिचान गरी पक्राउ गरिएको हो ।

उनलाई अहिले प्रहरी वृत्त थानकोटमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो सँगै प्रहरी वृत्त थानकोट आगजनी प्रकरणमा समातिने व्यक्तिको संख्या ३ पुगेको छ ।

प्रहरी वृत्त थानकोट र प्रभाग बलम्बु तोडफोडमा संलग्न भएको आरोपमा चन्द्रागिरिका दुई युवा पक्राउ


Leave a Reply

Your email address will not be published. Required fields are marked *