बाँडभञ्ज्याङ बसुन्डोलबाट लागु औषधसहित २ जना स्थानीय युवा पक्राउ

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ स्थित बाँडभञ्ज्याङ बसुन्डोलबाट लागु औषधसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्रागिरि-२ नागढुंगाका घर भएका २८ र २४ वर्षीय युवा छन् ।

आइतबार प्रहरी वृत्त थानकोटबाट प्रहरी सहायक हवल्दार किशोर खत्री नेतृत्वको टोलीले चेकजाँच गर्दा उनीहरूको साथमा लागुऔषध फेला परेपछि पक्राउ गरेको हो ।

उनीहरूको साथमा प्रहरीले ट्रामाडोल ५०३ क्याप्सुल बरामद गरेको छ ।

साथै, उनीहरू सवार मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

हाल दुवै जना प्रहरी वृत्त थानकोटको नियन्त्रणमा छन् र उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *