जेन-जी आन्दोलनमा बढी क्षति भएका क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यका छाड्न रोक

Thankot Times

थानकोट ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बढी क्षति भएका क्षेत्रमा खटिएका प्रहरी इन्चार्जलाई काठमाडौं उपत्यका छाड्न रोक लगाइएको छ ।

प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई पत्राचार गर्दै त्यस्ता इन्चार्जलाई हाललाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनेको हो ।

ती इन्चार्जलाई भदौ २३ र २४ गतेको घटना सम्बन्धी सोधपुछका लागि कुनै पनि समयमा जाँचबुझ आयोगमा उपस्थितिका लागि बोलाइने हुँदा उपत्यका छाड्न नदिन भनिएको छ । 

भदौ २३ गते संसद् भवनमा आन्दोलनकारी प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । त्यसक्रममा १७ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

भोलिपल्ट २४ गते काठमाडौं उपत्यकाका विभिन्न सार्वजनिक, सरकारी, व्यापारिक र निजी संरचनामा व्यापक तोडफोड र आगजनी भएको थियो ।

त्यसमा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालतसहितका सरकारी संरचना ध्वस्त बनाइएका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *