काभा महिला यू-१९ च्याम्पियनसिप: नेपालले आज कीर्गिस्तानसँग खेल्दै

Thankot Times

थानकोट ।

श्रीलङ्कामा आजदेखि शुरु हुने काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे शुरु हुनेछ ।

त्यसअघि आयोजक श्रीलङ्का र माल्दिभ्सबीच उद्घाटन खेल हुनेछ ।

प्रतियोगितामा चार वटा टोलीको सहभागिता छ ।

सबै टोलीले एक अर्कासँग खेलेपछि सेमिफाइनलमा शीर्ष स्थान र चौथो स्थानमा रहने टोली तथा दोश्रो स्थान र तेश्रो स्थानमा रहने टोलीबीच खेल हुनेछ ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २३ गते हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *