केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी काफ्लेलाई
थानकोट ।
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई दिइएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सम्प्रेषण गर्नका लागि काफ्लेलाई मंगलबार केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो ।












