वर्ल्डलिंक कम्युनिकेसनले शुक्रबार मातातिर्थमा सार्वजनिक सुनुवाई आयोजना गर्दै
थानकोट ।
निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंकले यही शुक्रबार (कार्तिक २१) चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थमा सार्वजनिक सुनुवाइ आयोजना गर्ने भएको छ ।
सो कम्पनीको केन्द्रीय डाटा सेन्टर राख्न निर्माण भइरहेको भवन सञ्चालनअघि उक्त सार्वजनिक सुनुवाइ हुन लागेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अत्याधुनिक डेटा सेन्टर ३.५ मेगावाटको आईटी पावर क्षमता र ५२० र्याकले सजिएको छ ।
यसले नेपालको डिजिटल पूर्वाधारलाई बलियो बनाउन र देशव्यापी रूपमा डेटा सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा कम्पनीले राखेको छ ।
वर्ल्डलिंकले प्रत्येक प्रदेश तथा जनघनत्व बढी भएका देशका प्रमुख स्थानमा एक-एक ओटा एज डेटा सेन्टर समेत स्थापना गर्ने लक्ष्य राखेको छ ।
बिहान ११ः३० बजेबाट सो कार्यक्रम कम्पनीको निर्माणाधीन भवन परिसरमा सुरु हुने वर्ल्डलिंक कम्युनिकेसनले जनाएको छ ।
सूचना हेराैंः

मातातिर्थ बाैथलीचोकमा वर्ल्डलिंकले बनायो देशकै ठुलो डेटा सेन्टर












