मापसे र लापसे गर्ने स्कुल बसका चालकसहित ९ जना चालक समातिए
थानकोट।
मादक पदार्थ सेवन र लागुऔषध सेवन गरी सवारी चलाउने नौ जना चालकलाई काठमाडाैं उपत्यकामा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका मध्ये केही स्कुल बसका चालकहरूसमेत छन् ।
बुधबार दिउँसो उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चारजना चालक र मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरी सार्वजनिक भाडाका सवारीसाधन चलाउने दुईजना, स्कुल बसका चालक दुईजना र माइक्रोबसका चालक एकजना छन्।
त्यस्तै, लागुऔषध सेवन गरी सवारीसाधन चलाउँदै गरेका भाडा बसका चारचालकलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए।
पक्राउ परेकाहरूमाथि सार्वजनिक अपराधको कसुरमा मुद्दा चलाउने प्रहरी तयारी छ।
तस्बिरः उपत्यका ट्राफिक प्रहरी कार्यालय












