काभा महिला यू-१९ च्याम्पियनसिपः नेपालको पहिलो जित, श्रीलङ्का ३-१ को सेटमा पराजित

Thankot Times

थानकोट ।

काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपमा नेपाली टोलीले पहिलो जित हात पारेको छ । 

नेपालले बुधबार सम्पन्न खेलमा घरेलु टोली श्रीलङ्कालाई ३–१ ले हराएको हो। खेलमा नेपाल २५–१८,२६–२४,१९–२५,२५–२० ले विजयी भएको हो ।

नेपाल आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो । प्रतियोगिताअन्तर्गत आज नेपालले माल्दिभ्सको सामना गर्ने तालिका रहेको छ ।

च्याम्पियनसिपमा ४ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ ।

कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *