सञ्चार मन्त्रीद्वारा लाइसेन्स छपाइ उद्घाटन
थानकोट ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको उद्घाटन गरेका छन् ।
शुक्रबार काभ्रेमा आयोजित एक समारोहका बिच उनले सुरक्षण मुद्रण केन्द्रले छाप्ने लाइसेन्सको उद्घाटन गरेका हुन् ।
यसअघि नै यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबिच यसबारे समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने सम्झौता भएको छ।
गत भदौ २३-२४ को जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग तोडफोड तथा आगजनीबाट पूर्ण रुपमा ध्वस्त भएको थियो ।
यस्तै, सवारी लाइसेन्स छपाइ मेशिन पनि पूर्ण रुपमा क्षति पुगेको थियो ।












