नेता घनश्याम भुषाललाई संयोजकको जिम्मेवारी
थानकोट ।
तत्कालीन नेकपा (एकीकृत समाजवादी)का ६७ केन्द्रीय सदस्यले नेता घनश्याम भुसाललाई संयोजकका रूपमा चयन गरेका छन् ।
शनिबार (कात्तिक २२) जुम बैठक गरी उनलाई संयोजक तोकिएको हो ।
उनको नेतृत्वमा आउँदो मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरिएको एक नेताले जानकारी दिए ।
भुसाल तत्कालीन एकीकृत समाजवादीका महासचिव थिए । एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र)सहितका दल/समूह एक भएर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ । त्योसँगै एकीकृत समाजवादी अस्तित्वमा नरहेको ठानिएको छ ।












