काठमाडौं जिल्ला स्क्राबल च्याम्पियनसिप सम्पन्न, पथिकका आदित्यजंगलाई उपाधि

Thankot Times

थानकोट ।

काठमाडौं जिल्लास्तरीय स्क्राबल च्याम्पियनसिप सम्पन्न शनिबार भएको छ ।

प्रतियोगितामा विभित्र १० विद्यालयका २० विद्यार्थी सहभागी भएको काठमाडौं जिल्ला स्क्राबल संघले जनाएको छ।

प्रतियोगितामा सतुङ्गलस्थित पथिकज्ञान निकेतनका आदित्य जंग मल्ल पहिलो हुँदा पिकपोइन्ट स्कुलकी जेसिका श्रेस दोश्रो भइन् । 

नैकापस्थित ब्राइटफ्यूचर माविका आयाम सापकोटाले तेस्रो स्थान हात पार्दा आरष तुलाधर, आरनभी आचार्य, संयम शर्मा, जिओसिस श्रेष्ठ, सिद्धान्त खरेल, त्रिछाङ्गी श्रेष्ठ र आदर्श अधिकारी क्रमशः शीर्ष १० मा पर्न सफल रहे ।

उनीहरू सबै आगामी मंसिरमा चितवनमा हुने ११औं राष्ट्रिय स्क्राबल च्याम्पियनशिपका लागि छनोट भएको क्लका केन्द्रीय सदस्य एवं काठमाडाैं जिल्ला संयोजक बुद्ध गाैतमले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *