नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
थानकोट ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।
तिहार अघिबाट सुरु भएको केन्द्रीय समिति बैठक अझैसम्म जारी छ ।
विशेष महाधिवेशन वा नियमित महाधिवेशनको निर्णय हुन नसक्दा नेताहरू विभाजित छन् ।
कसैले निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने माग उठाइरहेका छन् भने कतिले निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन हुनुपर्ने माग राखेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर रहँदा पार्टीको कार्य सम्पादन र निर्णय निकाल्न नेताहरूलाई समस्या परिरहेको छ । नेताहरूले संसद् पुनर्स्थापना, निर्वाचनमा जानुपर्ने, महाधिवेशन निर्वाचनअघि गर्नुपर्ने लगायतका मागहरू राखिरहेका छन् ।












