कौडा खेल्दै गर्दा मातातिर्थबाट समातिएका २२ जनामाथि अनुसन्धान गर्न ६ दिनको म्याद थप
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर-८ स्थित मातातीर्थ लंकोटबाट सोमबार साँझ समातिएका २२ जनामाथि अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ।
सोमबार साँझ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
जुवाखालबाट १६ लाख ५३ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
मातातीर्थस्थित एक घरमा हारजित हुनेगरी जुवाखाल सञ्चालन गरेको सूचनाको आधारमा प्रहरीले सो घरमा छापा मारेको थियो ।
आरोपीहरूविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जुवा मुद्दामा ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।












