नैकापदेखि सतुङ्गलसम्मका क्षेत्रमा आज ५ घण्टा बिजुली सेवा बन्द हुने

Thankot Times

थानकोट ।

नेपाल विद्युत प्राधिकरणले कुलेश्वर र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विभिन्न फिडरहरूमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै कुलेश्वर र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि  चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिका क्षेत्रका विभिन्न स्थानमा कार्तिक २७ देखी ३० गतेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।

जसअनुसार कार्तिक २७ गते बिहान ११ देखी अपरान्ह ४ बजेसम्म कलंकी, रोप-वे, बलम्बु फिडरअन्तर्गत कलंकीदेखि नैकापसम्मका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।

यस्तै, कार्तिक २८ गते बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मच्छेगाउँ र फर्पिङ फिडरअन्तर्गत मच्छेगाउँ तथा फर्पिङ बजार तथा वरपरका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ।

कार्तिक २९ गते (आज) बिहान ११ देखी अपरान्ह ४ बजेसम्म बलम्बु फिडरअन्तर्गत नैकापदेखि सतुङ्गलसम्मका क्षेत्रमा बिजुली सेवा अवरुद्ध हुँदा भोलि कार्तिक ३० गते बिहान ११ देखी अपरान्ह ४ बजेसम्म बलम्बु फिडरअन्तर्गत नै सतुङ्गलदेखि गर्जुधारासम्मका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

माैसम प्रतिकुल रहेमा भने सटडाउन नहुने प्राधिकरणको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *