ग्रील तथा स्टील व्यवसायी संघ चन्द्रागिरि नगर अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ

Thankot Times

थानकोट ।

ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंले जिल्लाका ७ वटा नगर समिति घोषणा गरेको छ ।

केहीदिन अगाडी आफ्नो मातहतमा रहेको इकाई समिति र क्षेत्रीय समिति विगठन गरि निर्वाचन समिति समेत घोषणा गरेको संघले आज पहिलो चरणमा ७ वटा नगर समिति घोषणा गरेको हो ।

अधिकांश जिल्ला समिति सदस्यहरुले संगठनलाई स्थानीय तहसँग जोडेर जान सके आम व्यवसायीहरुको समस्या स्थानीय सरकारबाटै समाधान खोज्न सकिने भएकोले पनि संगठनको पुनर्संरचना आवश्यक परेको ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुनिलकुमार अमात्यले बताए ।

कार्तिक २० गते बसेको बैठकले मातहतका सबै समितिहरु विगठन गर्दै वरिष्ठ उपाध्यक्ष रोहित श्रेष्ठको संयोकत्वमा सात सदस्य रहने निर्वाचन उप समिति गठन गरेर नगर समिति गठन प्रकृयालाई अगाडी बढाएको थियो ।

निर्वाचन उप समितिको पहलमा ७ वटा नगरमा समिति गठन भएको छ ।

जसमा

१) चन्द्रागिरि नगर समिति — अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ
२) कीर्तिपुर,दक्षिणकाली नगर समिति — अध्यक्ष राजेन्द्र कार्की
३) नागार्जुन नगर समिति — अध्यक्ष दिलिप लामा
४) स्वयम्भु नगर समिति ( कामपा भित्र ) — अध्यक्ष राजकुमार खड्का
५) तारकेश्वर नगर समिति — अध्यक्ष साजन गुरुङ
६) टोखा नगर समिति — अध्यक्ष जगत पटेल
७ ) बिशालनगर, बसुन्धारा नगर समिति ( कामपा भित्र ) — अध्यक्ष कृष्ण बनेपाली चुनिएका छन् ।

नवनिर्वाचित समितिलाई निर्वाचन समिति संयोजक रोहित श्रेष्ठले सपथ ग्रहण गराउनु भएको थियो भने प्रमुख अतिथि ग्रील तथा स्टील व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष ठुलोबाबु श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए ।

काठमाडौंका अन्य बाँकी स्थानीय तहमा यथासिघ्र कार्यसमिति घोषणा गर्ने तयारी भईरहेको काठमाडौं जिल्लाका अध्यक्ष सुनिलकुमार अमात्यले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *