जान्नुहोस आज दिनभरको माैसम पूर्वानुमान
थानकोट ।
कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण आज वर्षाको सम्भावना छैन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरको मौसम मुख्यतया सफा रहनेछ ।
विभागले दिउँसो कोसी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने बताएको छ ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागका अनुसार राति कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
फाइल फोटो : प्रकाश गोपाली












