दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न जिप्रका काठमाडौंकाे अनुमति

Thankot Times

थानकोट ।

भक्तपुरबाट सोमबार राति पक्राउ पर्नुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

कार्यालयले सार्वजनिक शान्तिको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रसाईंलाई अब हिरासतमा राखेर सोधपुछ र थप अनुसन्धान प्रक्रिया अघि बढाइने काठमाडौं प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।

प्रसाईंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मध्यराति पक्राउ गरी मंगलबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको थियो ।

आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गर्नुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *