आज बिहीबार दिनभरको माैसम पूर्वानुमान जानाैं
थानकोट ।
कोसी र गण्डकी प्रदेशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
विभागले दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने बताएको छ ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।












