नेपाल प्रिमियर लिग क्रिकेटः लुम्बिनी लायन्समाथि कर्णाली याक्सको सहज जित, मार्क वाटको शतक
थानकोट ।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्समाथि सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा कर्णालीले लुम्बिनी लायन्सलार्य ९ विकेटले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२ ओभर २ बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
कर्णालीका लागि मार्क वाटले ११४ रनको शतकीय पारी खेले ।
४४ बल खेलेका उनले ६ चौका र १२ छक्का प्रहार गरे ।














