कस्तो रहला आज दिनभरको माैसम ?

Thankot Times

थानकोट ।

जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) देशभरको मौसम सफा रहने जनाएको छ ।

तर, आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

अन्य बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

विभागका अनुसार, देशमा हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन् । जसका कारण देशभरको मौसम सामान्यतया स्थिर रहने देखिएको छ ।

चिसो बढ्ने क्रममा रहेकाले बिहान र बेलुकाको समयमा सतर्कता अपनाउन मौसमविद्हरूको सुझाव छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *