यू-१७ एशियन कप छनोट : नेपाल सिरियासँग ४-२ ले पराजित
थानकोट ।
एएफसी १७ वर्षमुनिको एशियन कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल सिरियासँग पराजित भएको छ ।
म्यानमारको याङ्गुमा रहेको थुवुन्ना रङ्गशालामा शनिबार साँझ भएको खेलमा सिरियासँग नेपाल ४–२ गोलअन्तरले पराजित भएको हो ।
समूह ‘जी’मा रहेको नेपालले भोलि ओमानसँग खेल्ने छ ।
त्यसपछि नेपालले अफगानिस्तानसँग र घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह विजेता आउँदो वर्ष साउदी अरेबियामा हुने एशियन कपका लागि छनोट हुनेछ ।














