ए डिभिजन लिगबारे एन्फामा त्रिपक्षीय छलफल

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लब र खेलाडी संघसँग छलफल गरेको छ ।

आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको त्रिपक्षीय छलफल ए डिभिजन लिगलाई अघि बढाउने विषयमा केन्द्रित थियो । छलफलपछि हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले त्रिपक्षीय छलफल सकारात्मक दिशामा अघि बढेको जानकारी दिए ।

सानो टीम बनाएर सोमबारदेखि छलफलमा बस्ने शेर्पाको भनाइ छ । लिग सञ्चालनमा देखिएका समस्यालगायतका विषयमा निरन्तर छलफल गरेर निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

एन्फा महासचिव किरण राईले त्रिपक्षीय छलफल भएको र आगामी दिनमा लिगलाई कसरी अघि बढाउने भन्नेबारे गृहकार्य गर्न संयुक्त समिति बनाइएको बताए । समितिले निरन्तर छलफल गरेर ड्राफ्ट तयार पार्ने उनको भनाइ छ । लिग गर्न एन्फा तयार रहेको भन्दै व्यवस्थापनका बारेमा एकरुपताका साथ अघि बढ्ने उनले बताए ।

यसअघि ए डिभिजन क्लबले पूर्वसहमति अनुसार राष्ट्रिय लिग गर्नुपर्ने माग राखेको थियो भने खेलाडी संघले क्यालेन्डरमा उल्लेख भएअनुसार पुषबाटै ए डिभिजन लिग गर्नुपर्ने माग राखेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *