नेपाल प्रिमियर लिग क्रिकेटः आज लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाजबीच खेल हुने
थानकोट ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाज आज प्रतिस्पर्धामा गर्दैछन् ।
प्रतियोगितामा लुम्बिनीको यो तेस्रो खेल हो । लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध नौ विकेटको हार व्यहोरेको थियो ।
यता, काठमाण्डूको भने यो प्रतियोगिताको चौथो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । तर, दोस्रो र तेस्रो खेलमा भने सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सविरुद्ध क्रमशः २९ र पाँच विकेटले पराजित भएको थियो ।
यो खेल अपराह्न ४ बजदेखि सुरु हुने तालिका छ ।













