दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता टोलीलाई क्यानको १० लाखसहित सम्मान

Thankot Times

थानकोट ।

दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले नगदसहित सम्मान गरेको छ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा एक कार्यक्रमका बीच मंगलबार क्यानले उक्त टोलीलाई १० लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो।

दृष्टिविहीन महिला  टोलीले ऐतिहासिक उपलब्धि र नेपाली क्रिकेटको गौरव बढाएको भन्दै क्यानले सम्मान गरेको जनाएको छ।

सम्मान कार्यक्रममा क्यानका सचिव पारस खड्का लगायतको उपस्थिति रहेको थियो।

श्रीलंकामा हालै सम्पन्न दृष्टिविहीन महिला टी-२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ