सांसद् रमा आलेमगरलाई थप उपचारका लागि भारतमा लगियो

Thankot Times

थानकोट।

करिब ३ सातादेखि काठमाडाैंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत बागमती प्रदेश सभा सदस्य रमा आलेमगरलाई उपचारका लागि भारत लगिएको छ।

बिहीबार उनलाई थप उपचारका लागि भारत लगिएको उनको सचिवालयले जनाएको छ ।

आलेमगरको स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि भारतको मेदान्त अस्पताल लगिएको हो ।

उनमा कलेजोसँग सम्बन्धित समस्या देखिएको बताइएको छ ।

काठमाडाैं क्षेत्र नं. १० प्रदेश ख बाट २०७४ मा उनी नेकपा एमालेबाट प्रत्यक्षतर्फ बागमती प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन् । यस्तै, २०७९ को प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसको समर्थनमा तत्कालीन नेकपा समाजवादीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

उनले बागमती प्रदेश सरकारमा केही महिना युवा तथा खेलकुद मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *