कस्तो रहला आज शनिबार दिनभरको माैसम ?
थानकोट ।
देशका अधिकांश भू-भागमा आज शनिबार मौसम सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।












