वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई नेपाल वायु सेवा निगमले हवाई भाडामा १० प्रतिशत छुट दिने
थानकोट ।
नेपाल वायुसेवा निगमले वैदेशिक रोजगारका लागि काठमाडौंबाट दमाम, दोहा, दुबई तथा कुवेततर्फ यात्रा गर्ने नेपाली श्रमिकहरूलाई लक्षित गर्दै विशेष छुट दिएको छ ।
निगमले जारी गरेको विज्ञप्तिअनुसार श्रमिक यात्रुहरूको सहज आवागमनका लागि तोकिएको गन्तव्यमा प्रस्थान गर्ने उडानमा नियमित भाडाभन्दा १० प्रतिशतसम्म छुट उपलब्ध गराइने उल्लेख गरिएको छ ।
निगमका अनुसार यस किसिमको भाडा सुविधाले श्रम गन्तव्यतर्फ जाने यात्रुलाई आर्थिक रूपमा राहत मिल्ने र आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्नुपर्ने यात्रुहरूलाई टिकट काउन्टरमार्फत सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । नेपाल वायुसेवाले वैदेशिक रोजगारीमा जाँदै गरेका नेपालीहरूलाई ‘सहुलियतपूर्ण यात्रा’ उपलब्ध गराउने उद्देश्यले यो योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।
यसअघि पनि निगमले श्रमिकमैत्री सेवाका विभिन्न योजना सार्वजनिक गर्दै आएको भए पनि हालको विशेष दरलाई ‘समयअनुकूल कदम’का रूपमा लिइएको छ । निगमले यात्रासम्बन्धी थप जानकारी तथा सहयोगका लागि आफ्नो केन्द्रिय कार्यालयमा सम्पर्क गर्न यात्रुहरूलाई आग्रह गरेको छ ।













