पञ्चकन्या गाउँपालिका खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शोणितपुर डोजाङ टिम च्याम्पियन

Thankot Times

थानकोट ।

नुवाकोटमा आयोजित प्रथम पञ्चकन्या गाउँपालिका खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

दुई दिनसम्म चलेको प्रतियोगितामा देशभरबाट २० भन्दा बढी टोलीले सहभागिता जनाएका थिए । 

प्रतियोगितामा चन्द्रागिरि नगरपालिकास्थित शोणितपुर तेक्वान्दो डोजाङ उत्कृष्ट प्रदर्शन गर्दै २५ स्वर्ण, ६ कास्य र ५ अन्य पदकसहित फाइट विधामा टिम च्याम्पियन बनेको छ ।

पुम्से विधातर्फ शोणितपुरका खेलाडीहरूले उल्लेखनीय प्रदर्शन गर्दै ९ स्वर्ण, २ रजत र २ कास्य सहित तृतीय स्थान हासिल गरे ।

प्रतियोगितामा शोणितपुर डोजाङकी खेलाडी सेलि गुरुङलाई उत्कृष्ट प्रदर्शनका आधारमा उत्कृष्ट महिला फाइटर घोषित भइन् ।

प्रतियोगिताका विजेताहरूलाई विभिन्न वर्गमा विभाजन गरि नगद पुरस्कारसमेत वितरण गरिएको बताइएको छ ।

जसअनुसार ग्याराेगी विधामा प्रथम हुनेले  १ लाख रुपैयाँ, दोश्रो हुनेले ५० हजार रुपैयाँ र तृतिय हुनले २५ हजार पुरस्कार पाएका छन्।

पुम्से विधातर्फ प्रथम हुनेले २० हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *