भारतको उत्तर प्रदेशमा यात्रु बसमा भीषण आगलागी, अधिकांश यात्रु नेपाली
थानकोट ।
सोमबार मध्यराति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भयो ।
भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरको यूपी२२एटी ०२४५ को निजी बसमा कुल ४५ यात्रु सवार थिए ।
बसमा यात्रा गर्ने अधिकांश यात्रुको ठेगानामा ‘बुटवल’ उल्लेख रहेको पाइएको छ ।
सूचीअनुसार घाइने हुनेहरूमा शिवबहादुर परियार (गुल्मी, तम्घास), पूर्णिमा परियार, कृष्णबहादुर (कावासोती), विष्णुबहादुर, अनिलबहादुर, सरस्वती, दिवाकर न्यौपाने (बुटवल) रहेका छन् ।
त्यसैगरी, दिया योगी (बुटवल), विशाल गुरुङ (गुल्मी, तम्घास), लालबहादुर (छत्रकोट, गुल्मी), उसा (गुल्मी) छन् । साथै, सुबोध अर्याल (स्याङ्जा), कमलबहादुर पौडेल (मोरङ), भुवन, छन् ।
घाइते हुनेमा ओमबहादुर (पाल्पा), वसन्त सर्तुंगी (तम्घास, गुल्मी), सोनाम (बुटवल), अनिसा (बुटवल), गुनबहादुर (गुल्मी), बोधबहादुर (सुनवल, नवलपरासी) र धनकुमारी छन् ।
खैरुल बुभ (भगवानपुर, बिहार) नाउद अली ( भगवानपुरबिहार, ) र विक्रम (कर्नाल, हरियाणा) पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
बलरामपुरका एसपी विकास कुमारका अनुसार बस र ट्रक एकआपसमा ठोक्किएपछि आगोको मुस्लो निस्किएको थियो ।
ट्रकको ट्यांकी फुटेपछि आगो लागेको हुन सक्ने उनको भनाइ छ । प्रहरीले यसको अनुसन्धान गरिरहेको कुमारले बताएका छन् ।












