चन्द्रागिरिमा आजदेखि कुकुरहरूको निःशुल्क बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप कार्यक्रम सुरु हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले मंसिर १७ देखि २१ गतेसम्म सामुदायिक कुकुरहरूको निःशुल्क बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नगरभित्र बढ्दो सडक कुकुरको संख्या नियन्त्रण तथा जनस्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम अघि सारिएको नगरपालिकाले जनाएको छ।
नगरपालिका अन्तर्गतका सबै वडामा चरणबद्ध रूपमा सञ्चालन हुने यस अभियानका बारेमा सम्बन्धित वडाबासीलाई जानकारी गराउँदै सहयोगका लागि अनुरोध पनि गरिएको छ।
अभियान सफल बनाउन स्थानीयवासी, कुकुर पालनकर्ताहरू तथा समुदायका सरोकारवालाको सक्रिय सहभागिता आवश्यक पर्ने नगरपालिकाले प्रकाशित सूचनामा उल्लेख छ।
यस कार्यक्रममार्फत सामुदायिक कुकुर तथा घरपालुवा कुकुर दुवैलाई निःशुल्क रेबिजविरुद्धको खोप र बन्ध्याकरण सेवा प्रदान गरिनेछ। कुकुरमा बन्ध्याकरण तथा खोप अभावका कारण सडकमै बढ्दो कुकुर संख्या, रेबिज जोखिम तथा समुदायमा देखिने कुकुर–मानिस असहजतालाई न्यूनीकरणमा यसले महत्वपूर्ण योगदान गर्ने अपेक्षा नगरपालिकाले गरेको छ।
कार्यक्रम तोकिएको समय अवधिभित्र नजिकको वडामा उपस्थित भई सेवा लिन नगरबासीलाई अनुरोध गरिएको छ।
पहिलो चरणमा यो अभियान चन्द्रागिरि नगरपालिका ११, १२, १३, १४ र १५ मा सञ्चालन हुनेछ ।
चन्द्रागिरिमा कुकुरहरूको निःशुल्क बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप कार्यक्रम तालिकाः













