यस्तो छ आज शनिबार दिनभरको माैसम पूर्वानुमान
थानकोट ।
देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ ।
गण्डकी प्रदेशको हिमाली भूभागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
गण्डकी प्रदेशको हिमाली भूभागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् ।












