फागुन २१ को निर्वाचनः समानुपातिक निर्वाचन प्रयोजनका लागि आयोगमा ३३ दल दर्ता
थानकोट ।
आगामी फागुन २१ गते तय भएको समानुपातिक अन्तर्गत ११० निर्वाचन क्षेत्रका लागि निर्वाचन आयोगमा ३३ दल दर्ता भएका छन् ।
समानुपातिकतर्फ आयोगले दल दर्ताका लागि मंसिर २१ देखि २३ गतेसम्मको समय सीमा दिएको थियो ।
पहिलो दिन नेपाली कांग्रेस, जनमत पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टी लगायत नयाँ–पुराना दल गरी ३३ दलले दर्ता गराएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
यसैगरी एकल चुनाव चिन्ह प्रयोग गर्ने गरी नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले दल दर्ता गराएका छन् ।













