बाल मन्दिर ठगी प्रकरणमा तीनजना पक्राउ
थानकोट ।
नेपाल बाल संगठन (बाल मन्दिर)मा भएको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरूमा नेपाल बाल संगठन, केन्द्रीय कार्यालय बाल मन्दिर, नक्सालकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, नेपाल बाल संगठन जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य र नेपाल बाल संगठन जिल्ला कार्य समिति काठमाडौंका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।
सीआईबीका अनुसार, नेपाल बाल संगठन तथा बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रहरी प्रतिवेदनका आधारमा दर्ता भएको ठगी मुद्दाको अनुसन्धानका क्रममा बाल मन्दिरबाट अनियमित रूपमा रकम लिई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनै जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









