चन्द्रागिरि नगरपालिका वडा नंं ०७ महादेवस्थानमा आजबाट राष्ट्रिय परिचयपत्र वितरण हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय परिचय वितरण कार्य जारी छ ।
गत फागुन महिनाबाट चन्द्रागिरि नगरपालिकामा सुरु भएको परिचयपत्र वितरणको कार्य चन्द्रागिरि नगरपालिका वडा नं. ७ महादेवस्थानमा आज सोमबार (मंसिर २२) बाट सुरु हुने बताइएको छ ।
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका र परिचयपत्र बनिसकेको सन्देश मोबाइलमा प्राप्त गरेका नगरबासीहरूले सम्बन्धित वडा कार्यालयबाट सो परिचय पत्र प्राप्त गर्न सक्ने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेबाट दिउँसो २ बजेसम्म राष्ट्रिय परिचयपत्र वितरण गर्ने वडा कार्यालयको तयारी छ ।
चेकपोष्टस्थित महादेवस्थान खानेपानीको पुरानो कार्यालय भवनबाट ती परिचयपत्र कार्य हुने वडाध्यक्ष शम्भुकुमार केसीले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिका-०६ महादेवस्थानमा भने भोलि मंगलबार (मंसिर २३) बाट राष्ट्रिय परिचयपत्र वितरणको तयारी भइरहेको बताइएको छ ।
सूचना हेराैं














