फागुन २१ को चुनाjमा दुई तिहाइ बहुमत ल्याउने नेता वामदेव गौतमको दाबी

Thankot Times

थानकोट ।

नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने दाबी गरेका छन् ।

सोमबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनबाट दुईतिहाइ बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने बताए ।

उनले दुईतिहाइ मत ल्याउन अहिलेदेखि नै तयारी थाल्न कार्यकर्तालाई निर्देशनसमेत दिए । 

टोल, वडा, पालिका कुनै स्थान खाली नराखी जनताको घर जानुपर्ने उनको भनाइ छ । १७ वटा पार्टी एकीकृत भएर पार्टी बनेको उल्लेख गर्दै नेता गौतमले जनताको घरदैलोमा पुग्न नेताको अभाव नै नहुने बताए ।

देशमा समाजवाद ल्याउन नेपाली कम्युनिस्ट पार्टीले दुईतिहाइ ल्याउनैपर्ने उल्लेख गरे । 

उनका अनुसार पार्टीले दुईतिहाइ बहुमत ल्याएपछि समाजवादको काम त्यहाँबाट थालनी हुनेछ । 

‘जनताको सुविधाका लागि बाटो बन्ने, उत्पादन वृद्धि गर्ने, विकासका लागि सारा संसारबाट वैज्ञानिकहरूलाई नेपाल ल्याउने, नेपालबाट सीप सिक्न बाहिर पठाउने र  आउने नयाँ पुस्ताले गौरव गर्ने खालको नेपाल निर्माण गरिनेछ,” उनको दाबी छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *