१ दिनको कैद सजाय पाएका सतुङ्गलका फरार युवा समातिए

Thankot Times

थानकोट ।

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका सतुङ्गल बस्ने एक युवा मंगलबार पक्राउ परेका हुन् ।

उनलाई १ ( एक ) दिन कैद र १,००,०००।-( एक लाख रुपैयाँ ) जरिवाना हुने ठहरी फैसला भएकोमा सो भुक्तान नगरी उनी फरार भएका थिए ।

प्रहरी परिसर ललितपुरबाट खटिईएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा ती युवालाई पक्राउ गरी मंगलबार अदालतमा पेश गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *