आजको माैसम पूर्वानुमान जान्नुहोस्

Thankot Times

थानकोट ।

देशका केही भू-भागमा आंशिक बदली रहे पनि आज मौसम मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ ।

बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले प्रष्ट पारेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *