नागढुङ्गाबाट समातिए २४ वर्षीय युवा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट एक जना युवा समातिएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नियन्त्रित लागूऔषध डाईजेपाम ७ सय एम्पुल, फेनारगन ७ सय एम्पुल र नोर्फिन ७ सय एम्पुल सहित रौतहट गुजरा नगरपालिका-३ बस्ने २४ वर्षीय शेख मोसिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१-००६ ख ७८६६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ