रास्वपाले काठमाडाैं क्षेत्र नं. ९ मा ‘सरप्राइज’ उम्मेदवार उठाउने भएपछि पोखरेल समानुपातिकमा

Thankot Times

थानकोट ।

गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा अविश्वसनीय मत पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेक बहादुर पोखरेल (प्रभुराम) ले यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मत माग्ने मनस्थिति बनाएका छन् ।

सो पार्टीले बिहीबार सार्वजनिक गरेको समानुपानिक निर्वाचनप्रणाली अन्तर्गत प्रारम्भिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।

पोखरेलले पार्टीबाट खस आर्य काठमाडाैंको क्लस्टरबाट उम्मेदवारीका लागि चासो देखाएका हुन् ।

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाको १२, १४, २१ र २२ नं वडा पर्छन् भने चन्द्रागिरि नगरपालिकाको वडा नं १, १२, १३, १४ र १५ पर्छन् भने नागार्जुन नगरपालिकाको वडा नं ६, ७, ८, ९ र १० पर्छन्।

२०७९ सालमा सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा चौथो जित निकाल्ने क्रममा ११ हजार ९५६ मत प्राप्त गरेका थिए भने पहिलोपटक संसदीय चुनावी मैदानमा उत्रिएको रास्वपाका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरेका थिए । श्रेष्ठ रास्वपाका टेकबहादुर पोखरेल भन्दा ९९५ मत बढी ल्याइ विजयी भएका थिए ।

रास्वपा स्रोतका अनुसार यस क्षेत्रमा फागुन २१ को चुनावका लागि पार्टीका शीर्ष मध्येका एक नेताले उम्मेदवारी दिने तयारी गरेका छन् । 

पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत आवेदन दिने सबैलाई धन्यवाद दिँदै उम्मेदवार छनोट समितिले पहिलो चरणको प्रारम्भिक नामावली प्रकाशन गरिएको जनाएको हो। सूचीमा नाम समावेश नभएका वा कुनै विवरणमा त्रुटि देखिएका इच्छुकले सम्बन्धित कार्यवाहक प्रदेश सभापतिसँग सम्पर्क गर्न पार्टीले आग्रह गरेको छ।

यद्यपि पूर्वनिर्धारित टाइमलाइनअनुसार बिहीबार राति प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गरिएको उक्त पार्टीले जनाएको छ । पार्टीका अनुसार शुक्रबार प्रारम्भिक उम्मेदवारमाथि दाबी–विरोध गर्न सकिने व्यवस्था छ। त्यसपछि उम्मेदवारसँग छलफल तथा अन्तिम नामावली प्रकाशन गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ