आज शनिबार कतै यात्रा गर्ने सोंचमा हुनुहुन्छ ? यस्तो छ दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको जनाएको छ ।

देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु रकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ