नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक बुधबार बस्ने
थानकोट ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार (पुस ९) बस्ने भएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको बैठकबाट सरकार-जेन-जी सम्झौता र आउँदो फागुन २१ गतेका निम्ति घोषित निर्वाचनको वातावरणका विषयमा पार्टीको धारणा बनाइने जनाइएको छ ।
यही पुस २६ देखि २८ सम्मका निम्ति घोषित पार्टीको १५औँ महाधिवेशन कार्यतालिका संशोधन र मिति परिवर्तनलगायत विषयमा पनि बैठकमा छलफल गरिनेछ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने नियमित महाधिवेशन सम्भव नभएकाले विशेषमा जाने गरी दबाबको तयारी गरेका उनीनिकटहरूको भनाइ छ ।














