नेपाली काँग्रेसका केहि वरिष्ठ नेताहरू आज चन्द्रागिरि आउँदै

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह आज (बिहीबार) चन्द्रागिरि आउँदैछन् ।

सतुङ्गलमा आयोजना हुने सम्मान तथा भेटघाट कार्यक्रममा उनी सहभागी हुन लागेका हुन् । निवर्तमान सांसद राजेन्द्रकुमार केसीपनि सो कार्यक्रममा निम्त्याइएको बताइएको छ ।

बागमती प्रदेश सभा सदस्य यमुना देवी श्रेष्ठको सचिवालयले संयोजन गरेको उक्त कार्यक्रममा काँग्रेस नेताहरूले सहभागिता जनाउन लागेका हुन् । कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तहका अन्य नेताहरूको समेत सहभागिता रहने जनाइएको छ ।

कार्यक्रममा नेपाली काँग्रेससँग सम्बद्ध विभिन्न व्यक्तिहरूलाई गरिने बताइएको छ ।

चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलस्थित सामुदायिक भवनमा मध्यान्ह १२ बजेबाट सो कार्यक्रम सुरु हुने बुझिएको छ ।

नेपाली काँग्रेसको आसन्न महाधिवेशन तथा प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनको सरगर्मीबीच आज हुने कार्यक्रमलाई नेपाली काँग्रेस वृत्तमा विशेष महत्वका साथ हेरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *