नागढुंगाबाट यसकारण समातिए २४ वर्षीय देव
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट एक जना युवा पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित सुनसरी घर भएका २४ वर्षीय देब बहादुर विश्वकर्मालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ००१-००६ ख ९८८२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसबारेमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।
















