नवनियुक्त मन्त्री शर्मा १५औँ वरीयतामा

Thankot Times

थानकोट ।

मन्त्रिपरिषद् पाँचौँपल्ट विस्तार गरिएको छ । शुक्रबार (पुस ११) नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।

“…आज राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नवनियुक्त माननीय मन्त्रीज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ,” राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद्‌मा नेपाली सेनाका पूर्वरथी शर्मालाई १५औँ वरीयता दिइएको छ । उनको नियुक्तिसँगै मन्त्रिपरिषद् १५ सदस्य बनाइएको छ ।

शुक्रबारै प्रधानमन्त्री सुशीला कार्कीले उनलाई मन्त्रीमा नियुक्तिका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् । प्रधानमन्त्रीले नै यसअघि परराष्ट्र र रक्षामन्त्रीको समेत जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन् । प्रधानमन्त्री कार्की अब रक्षामन्त्री समेतको जिम्मेवारीमा छिन् ।

नवनियुक्त मन्त्री शर्माले विगतमा माओवादी लडाकु समायोजन प्राविधिक समितिको संयोजक भएर काम गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *