चन्द्रागिरि-३ थानकोटमा थपिए २८१ जना मतदाता
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटमा २८१ जना मतदाता थपिएका छन् ।
शनिबार (पुस १२) निर्वाचन आयोगले प्रकाशित गरेको मतदाताको अन्तिम सूची अनुसार यस वडामा २०७९ को आम निर्वाचनपछि २८१ जना मतदाता थपिएका हुन् ।
२०७९ मंसिरको आम निर्वाचनमा यहाँ २५८७ जना मतदाता रहेकोमा सो संख्या बढेर हाल २८६८ जना पुगेको हो ।
यस वडामा एक मतदान केन्द्र निर्धारण गरिएको छ ।

चन्द्रागिरिमा थपिए ४ हजार ५ सय ७४ जना मतदाता, कुन वडामा कति मतदाता थपिए ? (सूचीसहित)*















