चन्द्रागिरि-१२ बलम्बुमा थपिए ४०२ जना मतदाता

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. १२ बलम्बुमा ४०२ जना मतदाता थपिएका छन् ।

शनिबार (पुस १२) निर्वाचन आयोगले प्रकाशित गरेको मतदाताको अन्तिम सूची अनुसार यस वडामा २०७९ को आम निर्वाचनपछि ४०२ जना मतदाता थपिएका हुन् ।

२०७९ मंसिरको आम निर्वाचनमा यहाँ ४५६३ जना मतदाता रहेकोमा सो संख्या बढेर हाल ४९६५ जना पुगेको हो ।

यस वडामा दुई मतदान केन्द्र छन् । जसमा बलम्बु मावि र वनदेवी विद्यालय मतदान केन्द्र रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ