काठमाडौं शिक्षा क्याम्पसमा विद्यार्थी सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Thankot Times

थानकोट ।

सतुङ्गलस्थित काठमाडौं शिक्षा क्याम्पसमा सम्मान, छात्रवृत्ति प्रदान तथा अभिमुखिकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेल तथा वर्ल्ड्र कन्फ्यूसियम फेडेरेसन तथा चिनियाँ अध्ययन एसोसियसनका अध्यक्ष गुरु जोनसन छेको मुख्य उपस्थितिमा सोमबार सो कार्यक्रम सम्पन्न भएको क्याम्पसले जनाएको छ ।

कार्यक्रमका दाैरान क्याम्पसका विभिन्न तहमा अध्ययनरत नयाँ विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण सञ्चालन गरिएको बताइएको छ । यस्तै त्रि.वि. बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीलाई प्रोत्साहन छात्रवृत्ति प्रदान गरिएको क्याम्पसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

छात्रवृत्ति पाएका विद्यार्थीहरूले नगद नै प्राप्त गरेको क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिए ।

तस्बिर स्रोतः शत्रुध्नप्रसाद गुप्ता


Leave a Reply

Your email address will not be published. Required fields are marked *