नेकपा एमाले पार्टी परित्याग गरेका निवर्तमान सांसद् घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा
थानकोट ।
विघटित प्रतिनिधिसभाका सदस्य तथा नेकपा (एमाले) का नेता बासुदेव घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने तयारी गरेका छन् ।
उनी बालेनको पक्षबाट रास्वपामा जान लागेका हुन् ।
बालेनको टिमले आफूलाई आग्रह गरेको घिमिरेले बताए । “लोकतन्त्र यसैको लागि आएको होला- अहिलेको परिस्थितिले भनेअनुसार गर्ने हो । तपाईंले सोचेजस्तै हो । तर छलफल हुँदैछ । कसरी के गर्ने भन्ने बाकी छ,” उनले भने ।
रुपन्देही- ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका घिमिरे रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुखसमेत हुन् ।
उनी एमालेको केन्द्रीय सदस्यमा पराजित भएका थिए ।
यसअघि एमाले रुपन्देहीका सचिव चित्रबहादुर केसी पनि रास्वपा प्रवेश गरेका थिए ।














