रास्वपाको समानुपातिक सूचीमा भएको गल्ती सच्याइने

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकको बन्द सूची बनाउँदा गल्ती भएको स्वीकारेको छ ।

सो पार्टीका केन्द्रीय सदस्य गणेश पराजुलीले सूची बनाउँदा गल्ती भएको उल्लेख गर्दै सच्याउने जानकारी दिए ।

पराजुलीले भने, ‘सहमति अत्यावश्यक थियो, थोरै समयमा धेरै कुरा हतारमा भए, समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन् । सुशासन र विधि हाम्रो जग हो ।’

रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको बन्द सूची विवादमा परेको छ । पार्टीका नेताहरूले विधि मिचेर बन्द सूची बनाइएको भन्दै विरोध जनाएका छन् ।

रास्वपाले आन्तरिक चुनावमा बढी मत लिएका तथा प्राथमिकतामा पर्नुपर्ने नेताहरूलाई हटाएर सेलिब्रेटी र धनाढ्यहरूलाई समानुपातिक सूचीमा समेटेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *