कांग्रेसको १५ औँ महाधिवेशनको नयाँ कार्यतालिकाः चैत्र २१ मा वडा अधिवेशन, चैत्र २५ मा नगर
थानकोट ।
नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । पुस २७ देखि २९ सम्मका कार्यतालिका अनुसार महाधिवेशन नहुने भएपछि शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेका हुन् ।
नयाँ कार्यतालिका अनुसार अब २१ चैतमा वडा, २५ चैतमा नगर, २८ चैतमा प्रदेश क्षेत्र, २०८३ वैशाख २ मा एक प्रतिनिधिसभा क्षेत्र रहेका जिल्ला, ५ वैशाखमा एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्ला, वैशाख १० देखि १२ सम्म प्रदेश अधिवेशन हुनेछ ।
त्यस्तै, २०८३ वैशाख २८ देखि ३१ सम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका छ















